काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुआत गरेको छ।
अमेरिकाको मिसौरी राज्यस्थित कन्सास रंगशालामा समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हरायो।
अर्जेन्टिनाका लागि कीर्तिमानी खेलाडी लियोनल मेसीले ह्याट्रिक गरे। उनले १७ औँ मिनेटमा पहिलो गोल गरे। उनले रोड्रिगो डे पलको पासमा सुन्दर गोल गरेका हुन्।
त्यस्तै ६० औँ मिनेटमा मेसीले दोस्रो गोल गरे। त्यस्तै मेसीले ७६ औँ मिनेटमा तेस्रो गोल गरे। निको गोन्जालेजको पासमा मेसीले ह्याट्रिक पूरा गरेका हुन्।