काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार अहिले हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। तराईमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा बागमती, गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एकदुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।