काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ५ हजार २ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ४ हजार ४८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी बिहीबार घटेर ४ हजार २३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।