काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् प्रतिनिधिसभाबाट पारित भई पेस भएको विधेयक प्रमाणीकरण गरेका छन्।
उनले वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८३ लाई प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा विधेयक प्रमाणीकरण आज (बिहीबार) गरिएको हो।
