काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
अ+
अ-

चितवन। कानुनमन्त्री एवं रास्वपा नेतृ सोबिता गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताएकी छन्।

रास्वपा महाधिवेशनस्थल चितवनमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले शासकीय स्वरूपका विषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यकता रहेको बताइन्। उनले प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको दाबी गरिन्।

रास्वपाले प्रदेश सभा खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय स्वरूपसहित प्रस्ताव अघि सारेको थियो।

गौतमले आफूहरूको प्रस्तावमाथि छलफल भएर कहाँसम्म गएर सहमति हुन्छ भन्ने कुरामा निर्भर हुने उल्लेख गरिन्।

त्यस्तै गौतमले तीन दिनका लागि निर्धारित पार्टीको महाधिवेशन लम्बिएका कारण पदाधिकारीको निर्वाचनपछि बिहीबार नै सम्पन्न गर्ने तयारी रहेको पनि बताइन्।

रास्वपाको पहिलो महाधिवेशन भएका कारणले सबै कुरालाई सिकाइका रूपमा मात्रै लिएर अगाडि बढ्न खोजेको उनको भनाइ छ। उनले दोस्रो चरणको निर्वाचनमा आफूले पनि उम्मेदवारी दिने भन्दै उम्मेदवारी दिएपछि मात्रै आफूले पदको जानकारी दिने बताइन्।