जनकपुरधाम। मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि यही १७ असारदेखि छलफल हुने भएको छ।
विनियोजन विधेयकमाथिको छलफलका लागि यही १७ असारका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने तयारी भएको सभामुख रामअशिष यादवले जानकारी दिए।
मधेस प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।