काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
अ+
अ-

काठमाडौँ । पोखरा महानगरपालिकाले बालविकास केन्द्रका सहजकर्ता (ईसीडी शिक्षक) तथा विद्यालय कर्मचारीहरूको न्यूनतम तलब सुविधा सुनिश्चित गर्न ४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

महानगरले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरूको मनोबल उच्च बनाउँदै विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त बजेट व्यवस्था गरेको जनाएको छ।

लामो समयदेखि विद्यालयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरूको सेवाको सम्मान गर्दै उनीहरूको आर्थिक अवस्था सुधार गर्न महानगरले यो निर्णय गरेको हो।

शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले यसलाई स्वागतयोग्य र उदाहरणीय कदमका रूपमा लिएका छन्।