काठमाडौँ
००:००:००
१५ असार २०८३, सोमबार

१५ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं। सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तामाङलाई सार्वजनिक शान्ति खलल पुर्‍याएको मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको छ।

तामाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई सुविधा सहित अन्यत्र जान काठमाडौं महानगरपालिकाले अनुरोध गरेको विषयलाई अतिरञ्जित रूपमा प्रस्तुत गरेका थिए ।