काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
शंकरलाल अग्रवाल। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले उनलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न बिहीबार आदेश दिएको हो।

उनका छोरा सुलभ अग्रवाल र दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा काठमाडौँ महानगरपालिका ४ का अग्रवाल फैसला मितिदेखि फरार थिए। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो (बुधबार) काठमाडौँको डिल्लीबजारबाट नियन्त्रणमा लिएको थियो।