काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

१७ असार २०८३
अ+
अ-

बाँके। जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणाली अनुरूप रासायनिक मल वितरण सुरु गरिएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकामा ९६९ बोरा युरिया, ५६५ बोरा डीएपी र १५७ बोरा पोटास, नेपालगन्ज उपमहानगरपालिकामा ८६९ बोरा डीएपी, १७४ बोरा पोटास र एक हजार ३१४ बोरा युरिया, बैजनाथ गाउँपालिकामा एक हजार १५१ बोरा, एक हजार ३८० बोरा युरिया र २३० बोरा पोटास, खजुरा गाउँपालिकामा १ हजार १४४ बोरा डीएपी, एक हजार ३७० बोरा युरिया र २३० बोरा पोटास मल वितरण गरिएको बताए।

जानकी गाउँपालिकामा ८५९ बोरा डीएपी, एक हजार २७ बोरा युरिया र १७२ बोरा पोटास, डुडुवा गाउँपालिकामा एक हजार १४३ बोरा डीएपी, एक हजार ३६५ बोरा युरिया र २२९ बोरा पोटास, राप्तीसोनारी गाउँपालिकामा एक हजार २२८ बोरा डीएपी, एक हजार ६३३ बोरा युरिया, २७५ बोरा पोटास र नरैनापुर गाउँपालिकामा ८०९ बोरा डीएपी, ९६९ युरिया र १६२ बोरा पोटास मल वितरण गरिएको छ।

नेपालगन्ज–१६ का ५२ वर्षीय बछिलाल यादवले रासायनिक मल नपाएर सास्ती भोग्नुपरेको बताए। हाल रोपाइँको समय छ, यही समयमा मल पाउन सास्ती छ, उनले भने।

जिल्ला सहकारी सङ्घ बाँकेका प्रमुख नवराज उपाध्यायले नेपालगन्जका १२ वटा वडामा वितरणका लागि कुल ८१ बोरा रासायनिक मल आएको उल्लेख गर्दै सो मल पाउनका लागि किसानको भीड लागेको बताए।