काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

कालीकोट। कालीकोटस्थित रास्कोट नगरपालिकाले घरदैलोमै पुगेर लाभाग्राहीदलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।

ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हो।

नगरपालिका वडा नं. ६ मा ४५ जना, वडा नं. ७ मा २५ जना, वडा नं. ८ मा १८ जना र वडा नं. ९ मा ३४ जना गरी कुल १२२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम शाहीले जानकारी दिए।

“लाभग्राहीको सहजताका लागि नगरपालिकाले ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा घरदैलोमा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो”, उनले भने।