काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

काठमाडौँ।‍ दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ सांगेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट आज दिउँसो करीव १ः३५ बजे  ६ जना गोताखोर सहितको थप टोलीपरिचालन गरिएको हो।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी गति अनियन्त्रित भई सडकबाट अन्दाजी ६/७ सयमिटर तल कर्णाली नदीमा खसेको थियो।

असार १८ गते बिहान ११ः३० बजे दुर्घटना भएको खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णालीजलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो।

साथै दुर्घटनास्थलबाट करीव ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुष व्यक्तिको शव निकालिएको छ।