काठमाडौँ। सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल (कैलाली) र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना (मोरङ) लाई नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।
यसअघि सूचना तथा सञ्चार मन्त्रालयले महाप्रबन्धकमा आवेदन दिएकामध्येबाट १० जनाको सूची प्रकाशित गरेको थियो । महाप्रबन्धकमा नियुक्त रावलले बीबीसी‚ एभिन्युज टेलिभिजनमा काम गरेका थिए। यस्तै न्युज २४ र ग्यालेक्सी टेलिभिजनमा समेत रावलले काम गरेका थिए।