काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा एक सय ६५ रुपैयाँले बढेर चार हजार ६ सय १५ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोलामा चार हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।