काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको राजनीतिक प्रतिवेदनमा प्रदेश खारेजीको कुनै प्रस्ताव नरहेको बताए। उनका अनुसार रास्वपाले प्रदेश संरचनालाई हटाउने नभई ‘रेट्रोफिट’मार्फत थप प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा मात्र बहसको प्रस्ताव गरेको हो।
लामिछानेले रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको उल्लेख गर्दै संघीय संरचनालाई अझ प्रभावकारी बनाउन खुला बहस आवश्यक रहेको बताए।