काठमाडौँ
००:००:००
२१ असार २०८३, आईतवार

२१ असार २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौँ गोर्खाजको टाइटल स्पोन्सर रहने भएको छ।

सम्झौतासँगै एक्स्ट्रिम इनर्जी ड्रिंक्स काठमाडौँ गोर्खाजको मुख्य प्रायोजक रहनेछ। टोलीको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ। यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो र ग्लामरस फ्रेन्चाइज लिग एनपीएलमार्फत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्डलाई सशक्त रुपमा दर्शकमाझ स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ।

काठमाडौँ गोर्खाज र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीचको यो सहकार्य लगातार दोस्रो वर्षको साझेदारी हो। गत संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स डायमन्ड स्पोन्सरका रूपमा आबद्ध भएको थियो। यस वर्ष टाइटल स्पोन्सरका रूपमा आफ्नो सहभागितालाई अझ सशक्त बनाएको छ।

यसैगरी काठमाडौँ गोर्खाजको व्यवस्थापन गरिरहेको माभरिक्सका संस्थापक-निर्देशक श्रवणबहादुर सिंहले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको साझेदारीले टोलीलाई थप ऊर्जा र आत्मविश्वास दिएको बताए। “यसले टोलीलाई उत्कृष्ट नतिजा हासिल गर्न थप प्रेरणा दिएको छ‚” उनले भने‚ “यस्ता साझेदारीले कुनै पनि टोलीको व्यवस्थापनलाई अझ सुदृढ र व्यावसायिक बनाउन महत्त्वपूर्ण योगदान पुऱ्याउँछन्।”

सम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले एनपीएलमा काठमाडौँ गोर्खाजको टाइटल स्पोन्सर बन्न पाउँदा उत्साहित भएको बताइन्।

काठमाडौँ गोर्खाजसँगको साझेदारीले एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई नेपाली खेलप्रेमीमाझ अझ सशक्त रूपमा जोड्ने कम्पनीको विश्वास छ।

काठमाडौँ गोर्खाजले यसअघि पूर्वराष्ट्रिय खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ नियुक्त गरिसकेको छ। करण केसी मार्की खेलाडी तथा कप्तान छन्। टोलीले आगामी एनपीएलका लागि भीम सार्की, शाहब आलम, रशिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई पनि रिटेन गरिसकेको छ।