काठमाडौं। पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत फ्रान्सका कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरी अग्रता दिलाएका थिए।
अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग खेल्नेछ।