काठमाडौँ
००:००:००
२१ असार २०८३, आईतवार

२१ असार २०८३
अ+
अ-

काठमाडौँ। इरानले शनिबार बिहानदेखि दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ।

अली खामेनेईको सम्झनामा इरानको राजधानी तेहरानमा सार्वजनिक शोक र अन्त्येष्टि कार्यक्रम चलिरहेको छ।

सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिनेछ। यस अवधिमा इराकमा पनि शोक र्‍यालीहरू आयोजना गरिने कार्यक्रम रहेको छ।

घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याइनुअघि नै हजारौँ शोकाकुल नागरिक तेहरानस्थित ग्रान्ड मोसाल्लाको प्राङ्गणमा भेला भएका थिए।

उनीहरूले अमेरिका विरुद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। ८६ वर्षीय खामेनेईलाई गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलसँगको युद्ध सुरु भएको समयमा हवाई आक्रमणमा मारिएको थियो। उनले करिब ३७ वर्षसम्म इरानमा सर्वोच्च शक्ति प्रयोग गर्दै शासन गरेका थिए।