काठमाडौँ
००:००:००
२१ असार २०८३, आईतवार

२१ असार २०८३
विक्रम तिमिल्सिना।
अ+
अ-

काठमाडौँ। सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन्।

आइतबार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता: सञ्चार कानुन र जिम्मेवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पारेका हुन्। उनले सरकारलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताए।

सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पुर्‍याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानुनी व्यवस्था रहेको उनले जिकिर गरे। कुनै विषयमा संवाद गर्न आवश्यक भए सरकार पत्रकारहरूसँग छलफल गर्न तयार रहेको मन्त्री तिमिल्सिनाले बताए।

मन्त्री तिमिल्सिनाले सरकार गैर जिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठूलो दायित्व भएको जिकिर गरे।