काठमाडौँ । फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने प्रतिष्ठित गोल्डेन बुट अवार्डको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। अर्जेन्टिनाका लियोनेल मेसी, नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका किलियन एम्बाप्पे समान ७–७ गोलसहित गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा छन्।
अन्तिम–१६ अन्तर्गत ब्राजिलविरुद्धको खेलमा हालान्डले दुई गोल गर्दै आफ्नो कुल गोल संख्या सात पुर्याएका हुन्। त्यससँगै उनले मेसी र एम्बाप्पेसँग गोल संख्यामा बराबरी गर्दै गोल्डेन बुटको प्रतिस्पर्धालाई अझ रोचक बनाएका छन्।
एम्बाप्पेले पाँच खेलमा ७ गोल र २ असिस्ट गरेका छन् भने मेसीले चार खेलमै ७ गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्। हालान्डले पनि चार खेलबाट ७ गोल गर्दै शीर्ष स्थानमा आफूलाई स्थापित गरेका छन्। मेसीले भने आफ्ना दुई प्रमुख प्रतिस्पर्धीभन्दा एक खेल कम खेलेर समान गोल संख्या पुर्याएका छन्।
विश्वकपको उपाधिसँगै व्यक्तिगत रूपमा प्रदान गरिने गोल्डेन बुट जित्ने होडमा अब यी तीन स्टार खेलाडीबीचको प्रतिस्पर्धा आगामी खेलहरूमा अझ चर्किने अपेक्षा गरिएको छ।
यता, इङ्ग्ल्यान्डका ह्यारी केन ५ गोलसहित गोलकर्ताको सूचीमा त्यसपछिको स्थानमा छन्। फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर तथा सेनेगलका इस्माइला सारले समान ४–४ गोल गर्दै शीर्ष गोलकर्ताको दौडलाई थप प्रतिस्पर्धात्मक बनाएका छन्।