दशरथचन्द। स्थानीय मेलौली नगरपालिका–१ सिराडका सुने पार्कीको घर भत्किँदा तीन जना घाइते भएका हुन्। घाइते हुनेमा पार्कीकी १८ वर्षीया छोरी मनिषा, १३ वर्षीया चाँदनी र आठ महिनाकी गर्भवतीसमेत रहेकी २२ वर्षीया बुहारीप्रिया पार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाले जानकारी दिए।
घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको र अरूको सामान्य रहेको उनले जानकारी दिए। ढुङ्गा–माटोको जोडाइ भएको दुईतल्ले कच्ची घरको मुख्य निधाल भाँचिएर घर भत्किएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घनश्याम जैशीको नेतृत्वमा छ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो।
प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको प्रहरीले जनाएको छ।