काठमाडौं। प्रधानमन्त्री वालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटवार्तामा नेपालको विकास प्राथमिकता, पूर्वाधार निर्माण तथा एडीबीको लगानीका विविध आयामबारे छलफल भएको छ।
अध्यक्ष कान्डा एडीबीका उच्च अधिकारीसहित आइतबार राति काठमाडौं आइपुगेका थिए।
उनले हिजो अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग पनि भेट गरेका थिए।