काठमाडौँ
००:००:००
२४ असार २०८३, बुधबार

२४ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

मंगलबार राति मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको यात्रुबाहक बसको स्टेयरिङको टाइ–रड भाँचिएपछि बस अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको हो।

प्रहरीका अनुसार, बस चालक सर्लाहीका ३९ वर्षीय भीमबहादुर विक, चितवनको भरतपुर महानगरपालिका–४ का ३० वर्षीय सञ्जय तामाङ, पर्साको परवानीपुर गाउँपालिका–३ का ५४ वर्षीय मोहम्मद आजाद, बाराको देवताल गाउँपालिका–१ का २३ वर्षीय राजकुमार राम तथा भारतको मोतिहारीका २५ वर्षीय सुधीरकुमार घाइते भएका छन्।

उनीहरूको टाउको, निधार, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।