काठमाडौँ
००:००:००
२४ असार २०८३, बुधबार

२४ असार २०८३
अ+
अ-

काठमाडौं ।  फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीच भएको अन्तिम १६ को खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो।

अन्तिम १६ बाट फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्याण्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्।

अब क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल जुलाई १० मा नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ।

यस्तै, स्पेन र बेल्जियमबीचको खेल जुलाई ११ मा राति १२:४५ बजे हुनेछ। नर्वे र इंग्ल्याण्ड जुलाई १२ मा बिहान २:४५ बजे आमनेसामने हुनेछन् भने अर्जेन्टिना र स्विट्जरल्याण्डबीचको अन्तिम क्वार्टरफाइनल खेल सोही दिन बिहान ६:४५ बजे सुरु हुनेछ।

क्वार्टरफाइनलका चारै खेलपछि विजेता टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्।

कुन टिम कोसँग खेल्दै ?
फिफा विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनल (अन्तिम ८) को पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन् । यो खेल जुलाई १० तारिख मा नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ ।
स्पेन र बेल्जियम : जुलाई ११, राति पौने १ बजे
नर्वे र इंग्ल्याण्ड : जुलाई १२, बिहान पौने ३ बजे
अर्जेन्टिना र स्विट्जरल्याण्ड : जुलाई १२, बिहान पौने ७ बजे