काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

खोटाङ। खोटाङमा बिहीबार दिउँसो एक युवाको हत्या भएको छ। प्रहरीका अनुसार दिप्रु चुइचुम्मा गाउँपालिका १‚ मोरिया याम्खाका ३५ वर्षीय ध्रुव अधिकारीको हत्या भएको छ।

सोही ठाउँका ५३ वर्षीय तिलकबहादुर मग्रातीले खुकुरी प्रहार गरी अधिकारीको हत्या गरेको प्रहरीले जनाएको छ। मग्रातीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

दिउँसो मग्रातीको घरमा दुवैबीच विवाद हुँदा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खुकुरी प्रहारबाट अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।