काठमाडौँ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयकमाथि दफाबार छलफल भएको छ।
बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सदस्यका प्रस्तावमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिमा छलफल जारी छ। समितिका सभापति कृष्णबहादुर रोकायले आजै राष्ट्रियसभाको बैठकमा ती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
अध्यादेशलाई प्रतिस्थापन गर्न जारी गरिएका विधेयकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ छन्।