काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले निजी क्षेत्रसँगको संवाद तीव्र पारेका छन्। हिजो निजी क्षेत्रका व्यवसायीसँग भेट गरेका शाहले आज निर्माण व्यवसायीहरुसँग छलफल गर्दै छन्। बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा छलफल आयोजना गरिएको प्रेस तथा अनुसन्धाविज्ञ दीपा दाहालले जानकारी दिइन्।
बैठकमा विकास निर्माणको क्षेत्रमा देखिएका समस्या, समाधान, सरकारले गर्नुपर्ने सहजीकरणलगायतका विषयमा छलफल हुनेछ। केही दिनयता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशव्यापी बिभिन्न आयोजनाहरुको निरीक्षण तीव्र पारेका छन्।
यसअघि शाहले हिजो निजी क्षेत्रका व्यवसायीहरुसँग छलफल गरे। त्यसक्रममा उनीहरुले व्यवसायीहरुमाथि दोषी देखिए कारबाही भोग्न तयार रहे पनि सरकारले अनावश्यक धरपकड गरेकोमा आपत्ति जनाएका थिए।