काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा दुई हजार ४ सय रुपैयाँले घटेर दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार १०० मा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय ६० रुपैयाँले घटेर चार हजार ३४० कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला चार हजार ५०० रहेको चाँदीको मूल्य आज रु १६० ले घटेको हो।