काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
अ+
अ-

काठमाडौं। युनाइटेड अरब इमिरेट्स (यूएई)का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ।

परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटघाटमा नेपाल र संयुक्त अरब इमिरेट्सबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ।

“भेटघाटका क्रममा दुई मन्त्रीहरूले व्यापार, लगानी, एआई, डिजिटल रूपान्तरण, पर्यटन, श्रम आप्रवासन, पूर्वाधार, नवीकरणीय ऊर्जाका साथै प्राथमिकताका क्षेत्रहरूमा सार्वभौम सम्पत्ति कोषको लगानी वृद्धिसहित पारस्परिक हितका विभिन्न क्षेत्रहरूमा नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने बारेमा विचार आदानप्रदान गरे,” परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपाल र युएईबिच स्थापना हुन लागेको कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीलाई विशेष उत्सवको रूपमा मनाउने सरकारको योजना रहेको जानकारी मन्त्री खनालले गराएका थिए।