काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
अ+
अ-

काठमाडौँ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न गठन गरिएको नेकपा (एमाले) को कार्यदलको बैठक आज बस्दै छ।

उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा रहेको कार्यदलको बैठक यसअघि असार २२ गतेका लागि तय गरिएको भए पनि स्थगित भएको थियो। आजको बैठकमा सातै प्रदेशबाट संकलन गरिएका सुझावलाई एकीकृत गर्दै प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी रहेको बताइएको छ।

कार्यदलले तयार पारेको प्रतिवेदन पार्टी नेतृत्वसमक्ष बुझाइनेछ। पार्टीभित्र नेतृत्व, संगठन र कार्यशैलीबारे बहस तीव्र बनेपछि तल्लो तहका नेता–कार्यकर्ताबाट सुझाव संकलन गर्ने उद्देश्यले कार्यदल गठन गरिएको थियो।