काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२६ असार २०८३
अ+
अ-

कालीकोट। महावै गाउँपालिकामा गर्भवतीलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरेएको छ। गाउँपालिकाले १२५ जना सुनौला हजार दिनका आमालाई पोषणयुक्त खाद्य सामाग्री वितरण कार्यक्रममा गरिएको हो।

सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण शिशुलाई कुपोषण हुने तथा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले पोषणयुक्त खाद्यान्न वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

सुनौला हजार दिनका आमाहरुलाई अण्डा, चना, तेल, पोषिलो पिठो, नुन, साबुनलगायतका सामग्री दिइएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।

‘गर्भावस्थादेखि बच्चा दुई वर्षको नहुँदासम्मको अवधिलाई सुनौला हजार दिनका समयमा आमा र बच्चाको पोषणयुक्त वृद्धि र विकासका लागि पोषणयुक्त खानाको आवश्यकता पर्छ’, उनले भने,‘पालिकाले बच्चाको शारीरिक तथा मानसिक विकासमा गर्भावस्था र सुरुका दुई वर्षमा हुने भएकाले कुपोषण हुन नदिनका लागि पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो।’

एक जना सुनौलो हजार दिनका आमालाई रु तीन हजार बराबरको पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको जानकारी दिए।

‘सुत्केरी भएका हजार दिनका आमालाई पोषणयुक्त कोसेली वितरण गर्न थालेका छौँ। कोसेलीले आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेछ’, उनले भने,‘सुनौलो हजार दिनमा आमा र बच्चाको स्वास्थ्यमा टेवा पुर्याउने गरी योजना निर्माण गरेर गाउँपालिकाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ।’

मातृशिशुको वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेको र कुपोषणबाट बचाउनका लागि आमा र बच्चालाई पोषणको मात्रा कमी हुन नदिन पोषणयुक्त खाद्यान्न वितरण गाउँपालिका पोषण संयोजक लोकेश पोख्रेलले बताए।

‘पालिकाका सात वटा वडाका सुनौला हजार दिनका आमालाई खाद्यान्न वितरण गरेका छौँ’, उनले भने, ‘आगामी दिनमा यसको निरन्तरता दिइनेछ।’