काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२६ असार २०८३
अ+
अ-

काठमाडौँ । पर्साको ठोरीमा भारतीय सवारीसाधनको प्रवेशमा देखिएको अवरोधपछि तत्कालका लागि अस्थायी समाधान लागू गरिएको छ।

वीरगन्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरीस्थित छोटी भन्सार कार्यालयमा दुई कर्मचारी खटाएर भारतीय सवारीसाधनलाई निःशुल्क अस्थायी प्रवेश पास उपलब्ध गराउन थालेको जनाएको छ। यो पासका आधारमा सवारीसाधन हाललाई ठोरी क्षेत्रमा मात्र सञ्चालन गर्न पाइनेछ।

यसअघि भारतीय सवारीसाधनको प्रवेश रोकिएको विषय प्रतिनिधि सभामा उठेपछि भन्सार कार्यालयले अस्थायी व्यवस्था मिलाएको हो। बाँकी निर्णयका लागि सम्बन्धित मन्त्रालयमा पत्राचार गरिएको जनाइएको छ।