विराटनगर। सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा शनिबार विराटनगरका चार जना पत्रकारलाई पुरस्कृत गरेको छ।
विराटनगरमा आयोजित एक समारोहका बीच उनीहरूलाई पुरस्कृत गरिएको हो। ५१ हजार रुपैयाँ राशिको ‘तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान’ नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष शिवबहादुर कार्कीलाई अर्पण गरिएको छ।
यस्तै, संस्थाले ५० हजार रुपैयाँ राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’ पत्रकार अर्जुन आचार्यलाई प्रदान गरेको छ।
त्यसैगरी, श्रमजीवी पत्रकारहरूको प्रोत्साहनका लागि स्थापित २१ हजार रुपैयाँ राशिको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार’ पदम सरदारलाई प्रदान गरिएको छ। साथै, १० हजार रुपैयाँ राशिको ‘दमीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ बाट रस्मिता उदास पुरस्कृत भएकी छिन्।
पुरस्कृत पत्रकारहरूलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कदरपत्र र दोसल्ला ओढाएर सम्मानित गरे।