चितवन। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण गरेकी छिन्।
निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रको वर्तमान अवस्था, पूर्वाधार, हात्ती संरक्षण तथा व्यवस्थापनका विषयमा जानकारी लिएकी थिइन्। उनले केन्द्रको समग्र सुधार, व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आवश्यक पूर्वाधार विकासका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइन्।
मन्त्री चौधरीले दीर्घकालीन रूपमा यस केन्द्रलाई ’एलिफेन्ट सेन्चुरीका रूपमा विकास गरी संरक्षण र पर्यावरणीय पर्यटनको प्रवद्र्धनसँग जोड्नुपर्ने आवश्यकता औँल्याएन्। उनले प्राकृतिक वातावरणमै हात्ती संरक्षण, जैविक विविधताको संवद्र्धन तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन्।
उनले हात्ती संरक्षण, पर्यावरण संरक्षण र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउँदै चितवनलाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको समेत बताइन्।