काठमाडौँ
००:००:००
२९ असार २०८३, सोमबार

२९ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

संखुवासभा। खाँदबारीबाट गाँजासहित एकजना पक्राउ परेका छन्।

खाँदबारी नगरपालिका ८, अर्चलेका ७० वर्षीय रत्नबहादुर मगर दुई किलो ९२८ ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

उनका अनुसार मगरले आफ्नै घरमा गाँजा लुकाइछिपाइ बिक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा आइतबार उनलाई पक्राउ गरेर सार्वजनिक गरिएको हो।