काठमाडौँ
००:००:००
२९ असार २०८३, सोमबार

२९ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। ब्राउनसुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका १‚ लोकन्थलीबाट तीन सय ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका ३ का २७ वर्षीय मनीष श्रेष्ठ, सोही ठाउँका २९ वर्षीय रोहित महर्जन र काठमाडौँ महानगरपालिका १६ का २० वर्षीय सम्भव बस्नेत छन्।

ब्राउनसुगर कारोबार भइरहेको सूचनाका आधारमा ब्युरोको टोली आइतबार लोकन्थली पुगेको थियो। त्यसक्रममा प्रहरीले पक्राउ व्यक्तिमाथि तलासी लिँदा ब्राउनसुगर बरामद भएको ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

पक्राउ परेकामध्ये श्रेष्ठ लागुऔषध मुद्दामा सात महिना कैद सजाय पूरा गरी २६ जेठ २०८२ मा कारागारबाट छुटेका थिए। तीनै जनालाई लागुऔषध ऐन २०३३ आकर्षित गरी हिरासत लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।