काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

प्रतिनिधिसभा बैठक

३० असार २०८३
प्रकाशचन्द्र परियार।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसजगतलाई तर्साउने प्रयास गरेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उनले देशका अग्रणी सञ्चारमाध्यमका गेटमा गाडीहरू पार्किङ गरेर सञ्चारगृहलाई तर्साउने कुत्सित प्रयास गरिएको भन्दै निन्दा गरे।

उनले सत्यसँग डराउनेले मात्र यस्तो हर्कत गर्ने भन्दै सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नुजस्तै भएको उल्लेख गरे।

अहिले आफूहरू सत्तामा रहेको भन्दैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् भन्दै उनले रास्वपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा र पत्रकारको रक्षाको पक्षमा रहेको स्पष्ट पारे।

उनले ज्ञानेन्द्र शाहको निरंकुश शासनसँग नझुक्ने प्रेस सडकमा दुई/चारवटा गाडी तेर्स्याएर नतर्सिने उल्लेख गरे।