काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

३१ असार २०८३
पुष्पकमल दाहाल।
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल श्रीलंका प्रस्थान गरेका छन्।

इन्टरनेसनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलोम्बोमा ३२ असारदेखि २ साउनसम्म हुने एसियाली संवादमा सहभागी हुन उनी आज (बुधबार) त्यसतर्फ प्रस्थान गरेका हुन्।

दाहालका साथमा नेकपाका नेता बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी छन्।

श्रीलंकामा रहँदा दाहालले त्यहँका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।