काठमाडौँ
००:००:००
३२ असार २०८३, बिहीबार

३२ असार २०८३
अ+
अ-

काठमाडौँ। जेनजी आन्दोलनमा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानका ४२ वर्षीय दर्जबहादुर तामाङ रहेका छन्।

तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनकै घरमा लुकेर बसिरहेको अवस्थामा बुधबार पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर राणाले बताए।

तामाङ २३ असोज २०७२ मा पक्राउ परेका थिए। उनलाई २८ मंसिर २०७४ मा अदालतले २२ वर्ष कैद सजाय सुनाएको थियो। जेनजी आन्दोलनको बेला २४ भदौमा तामाङ फरार भएका थिए।

तामाङलाई प्रहरीले सुन्धारा कारागार पठाएको छ।