काठमाडौँ
००:००:००
३२ असार २०८३, बिहीबार

३२ असार २०८३
अ+
अ-

तेहरान । अमेरिका र इरानबीच सैन्य तनाव थप बढेको छ। अमेरिकी सेनाले इरानका सैन्य संरचनामाथि हवाई आक्रमण जारी राख्दा इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा जवाफी आक्रमण गरेको दाबी गरेको छ।

होर्मुज जलडमरूमध्यमा दुई व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घटनापछि भारतले इरानसँग औपचारिक विरोध जनाएको छ।

सुरक्षा जोखिम बढेसँगै होर्मुजमार्गमा जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ। भारतीय विदेश मन्त्रालयका अनुसार ११ जहाज र १४८ भारतीय नाविक फारसी खाडी क्षेत्रमा अलपत्र परेका छन्। अन्तर्राष्ट्रिय शिपिङ कम्पनीहरूले पनि चालक दलको सुरक्षालाई ध्यानमा राख्दै होर्मुजमार्गबाट जहाज सञ्चालन सीमित गरेका छन्।