काठमाडौँ
००:००:००
१ श्रावण २०८३, शुक्रबार

१ श्रावण २०८३
अ+
अ-

काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेलको सम्पत्ति शुद्धीकरणमा मुद्दामा थुनछेक बहसपछि साधारण तारेखमा छोड्ने आदेश गरेको छ ।

पौडेललाई अनुसन्धानका लागि भन्दै पाँचौंपटक म्याद थपको अनुमति दिएको अदालतले मुद्दा दर्तापछि थुनछेक बहसपछि छोड्ने आदेश गरेको हो।न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रमाण नपुगेको भन्दै साधारण तारेखमा छोड्ने आदेश गरेको हो ।

पौडेलको सम्बन्ध र संलग्ना रहेको कुरा तत्काल प्राप्त प्रमाणहरुबाट खुल्न नसकेको, आरोपदाबीको कसुरमा इन्कार बयान दिएको अदालतले उल्लेख गरेको छ। दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने खुल्न नसकेको अदालतको ठहर छ।

पौडेलको हकमा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुनेगरी साधारण तारेखमा छोड्नेगरी आदेश गरेको हो।