२ श्रावण २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीबाट पाँच, बाँके र गोरखाबाट चार/चार, सुनसरी र काठमाडौँबाट दुई/दुई, झापा, बर्दिया, उदयपुर, धनुषा, महोत्तरीबाट एक/एकजना पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन बरामद गरेको जनाएको छ।