२ श्रावण २०८३
जलमग्न बनेको काठमाडौँको माइतीघर क्षेत्र। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। देशभर मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकामा डुबानको जोखिम बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जलसतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन्।

उनका अनुसार विशेषगरी होचा स्थान, नदी तथा खोलाकिनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ। देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि पराजुलीले आग्रह गरेका छन्।