काठमाडौँ
००:००:००
४ श्रावण २०८३, सोमबार

३ श्रावण २०८३
अ+
अ-

मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान तीनवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। सो प्रतिबन्ध आइतबार बिहान हटाइएपछि सवारीसाधन सञ्चालन सुरु भएको केही समयमै जलबिरेमा तीनवटा बस ठोक्किएको हो।

दुर्घटनापछि सडक अवरुद्ध भएको जनाइएको छ । दुर्घटनामा मानवीय क्षतिबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन।

अहिले सडकमा सवारीको चाप बढेकाले लेन अनुशासन पालना गर्न, तीव्र गतिमा ओभरटेक नगर्न र हतार नगरी सुरक्षित रूपमा सवारी चलाउन स्थानीय प्रशासन र ट्राफिक प्रहरीले चालकलाई आग्रह गरेका छन्।