काठमाडौं। नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएको छ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको थियो। यता, चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँ मा कारोबार भएको थियो।