काठमाडौं। नेपाली कांग्रेसले जननायक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा ५ किलोमिटर दूरीको ‘ग्रिन रन’ आयोजना गरेको छ।
‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित आयोजित दौडको आज बिहान युएन पार्कबाट कांग्रेस सभापति गगनकुमार थापाले उद्घाटन गरेका हुन्।
दौड युएन पार्कबाट सुरु भई जावलाखेलमा पुगेर सम्पन्न हुनेछ। दौडपछि कांग्रेसले जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौती र निराकरण कसरी’ विषयमा विज्ञहरूसहित समूहगत छलफल आयोजना गर्ने जनाएको छ।
कार्यक्रमस्थलमै विभिन्न चर्चित चित्रकारहरूले जलवायु परिवर्तनका चुनौती, असर र सम्भावनालाई चित्रमार्फत प्रस्तुत गर्ने कार्यक्रमसमेत राखिएको छ।