बुटवल। दाङमा निर्माणाधीन घरको पानीको ट्यांकीभित्र दुईजनाको शव भेटिएको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा दुई पुरुषको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय दाङको टोली घटनास्थल पुगेको छ। प्रहरीका अनुसार मृतकको पहिचान भएको छैन। उनीहरूको मृत्यु के कारणले भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।