काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
फाइल फोटो
अ+
अ-

चिली। चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी कम्तिमा १३ जनाको मृत्यु भएको जनाइएको छ।

आँधीका काराण करीव ६० हजार किलो मिटर भन्दा बढी सडकहरू प्रभावित भएको जनाउँदै सरकारी अधिकारीहरूले राहत तथा उद्धार प्रयास मार्फत आधारभूत सेवाहरू पुनस्र्थापना गर्नमा ध्यान केन्द्रित गरेको उल्लेख गरेका छन्।

गत जुलाई –१५ मा देशको दक्षिणी भागबाट सुरु भएको आँधीले कोकिम्बो र अटाकामाको सामान्यतया सुक्खा क्षेत्रहरूमा प्रहार गरेको जनाइएको छ। चिलीको सेनाप्रेड राष्ट्रिय आपतकालीन सेवाका निर्देशक एलिसिया सेब्रियनले पत्रकारहरुसँगको साक्षातकारमा १३ जनाको मृत्यु भएको पुष्टि गर्दै सात जना बेपत्ता भएको बताएका छन्।

वर्षाका कारण करिब दुई हजार ८०० घरहरू क्षतिग्रस्त भएको तथा पानी र हिलो माटोले अवरुद्ध भएका नदी र सडकहरूले धेरै सहरहरू प्रभावित भएको चिली सरकारले जनाएको छ।

प्रत्यक्ष दर्शी तथा प्रभावितहरुले आँधीले आपतकालिन अवस्था सिर्जना गरेको बताएका छन् भने कोकिम्बोका नेता प्याट्रिसिया अलबोर्नोजलाई उदृत गर्दै नदीहरुमा अस्वभाविक गतिमा बाढी आएको एएफपीले जनाइएको छ।

आन्तरिक मन्त्री क्लाउडियो अल्वाराडोले वर्षा कम हुने अपेक्षा गरिएको भएता पनि उच्च बहाव सहित बगेका नदी किनार र खोलाहरूका कारण अझै पनि जोखिम कायमै रहेको बताएका छन्।

राष्ट्रपति जोस एन्टोनियो कास्टले प्रभावित क्षेत्रमा आपतकालको घोषणा गरेका छन्।