काठमाडौँ। २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ।
जापानमा आयोजना हुने प्रतियोगिताको बिहीबार सम्पन्न ‘ड्र’ अनुसार यो समूहमा नेपालसँगै टेस्ट राष्ट्र अफगानिस्तान र आयोजक राष्ट्र रहेका छन्।
अर्को समूहमा तीन एसोसिएट राष्ट्र हङकङ, मलेसिया र ओमान छन्। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्।
त्यसपछि भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। यी तीन राष्ट्रले भने वरीयताका आधारमा सिधै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।