काठमाडौँ। डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको पोखरेलको सचिवालयले जनाएको छ।
यसैबीच प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल पनि आइतबार धनगढी पुगेर केसीसँग संवाद गर्ने कार्यक्रम छ।
सरकारले वार्तामार्फत केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ।